Nepal's Trusted Health Online Portal

मंगलबार थप ९३६ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

३० मंसिर, काठमाडौँ । मंगलबार देशभरी ९ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ११७ नमुना परीक्षण गरिएकोमा ३५१ जना महिला र ५८५ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । जसमध्ये ४३८ जना काठमाडौँ उपत्यकाका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ९९६ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै १४ जनाकोे कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अब देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ ।

नेपालमा हालसम्म २ लाख ५० हजार १ सय ८० जना कोरोना भाइरसबाट संक्रमित बनेको सरकारी तथ्याङ्क छ । जसमध्ये २ लाख ३८ हजार ५ सय ६९ जना अर्थात ९५.३ प्रतिशत संक्रमण मुक्त भएका छन् भने १ हजार ७ सय ३० जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.