Nepal's Trusted Health Online Portal

उपत्यकाका मंगलबार ४३८ कोरोना संक्रमित थपिए

Get real time updates directly on you device, subscribe now.

३० मंसिर । काठमाडौँ उपत्यकामा मंगलबार थप ४ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १७४ जना महिला र २६४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख १६ हजार ५५१ पुगेको छ । जसमध्ये ६८१ जनाको मृत्यु भएको छ भने १ लाख १० हजार ४७४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

हाल उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ४ हजार ३५३, ललितपुरमा ३३३ र भक्तपुरमा ७०७ गरी ५ हजार ३९३ जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलबार देशभरी ९३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ९ सय ९६ जना संक्रमित निको भएका छन् । त्यस्तै १४ जना संक्रमितको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.