१२ वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा २८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १६४ पुगेको छ । संक्रमितमध्ये १ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ३ हजार १२२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ४५० जना संक्रमित निको भएका छन् ।