१२ वैशाख, काठमाडौँ । कोभिड–१९ व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सबै तहका परीक्षाहरु स्थगित गर्न सिफारिस गरेको छ ।
कोरोना भाइरस संक्रमणको प्यारामिटर दिनानुदिन बढ्न थालेपछि सिसिएमसीले सबै तहका परीक्षाहरु स्थगित गर्न सरकारलाई सिफारिस गरेको हो ।
सिसिएमसीको आइतबार बसेको बैठकले सहरमा पाँच सय र ग्रामिण भेगमा दुई सय संक्रमित नाघेमा लकडाउन गर्न सक्ने गरी सिडिओलाई अधिकार दिएको छ ।