Nepal's Trusted Health Online Portal

निषेधाज्ञाकै दिन काठमाडाैं उपत्यकामा थपिए १५६१ संक्रमित

Get real time updates directly on you device, subscribe now.

१६ वैशाख, काठमाडाैं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५६१ संक्रमति थपिएका छन् । यसमध्ये काठमाडौं जिल्लामा ११२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ संक्रमित थपिएका हुन् ।

यस्तै काठमाडौं उपत्यकाबाहिर ५२८ र बाँकेमा ४८९ संक्रमित थपिएका छन् । त्यस्तै, कैलालीमा ३३९, मोरङमा १३७, पर्सामा १५० र दाङमा १८१ संक्रमित थपिएका छन् ।

देशभर ४९ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा लागेकै दिन देशभर ४९ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३० र निको हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.