२२ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ ।
गत २४ घण्टा यता देशभर ५८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ७५६ पीसीआर र ६१६ एन्टिजेन परिक्षण गरिएकोमा आरटी पिसीआर मार्फत ८ हजार ६०५ र एन्टिजेनमार्फत ५४ जनालाई कोरोना पोजिटिभ देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये २ लाख ८९ हजार ७८३ अर्थात ८०.६ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ३ हजार ४७५ जनाको मृत्यु भइसकेकोे छ ।