Nepal's Trusted Health Online Portal

२४ घण्टामा ५८ कोरोना संक्रमितको मृत्यु

Get real time updates directly on you device, subscribe now.

२२ वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ५८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि मंगलबार पनि ५५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ८ हजार ६५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ९९३ जना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म ३ लाख ५९ हजार ६१० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने २ लाख ८९ हजार ७८३ जना संक्रमणमुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.