Nepal's Trusted Health Online Portal

बुधबार उपत्यकाका तीन जिल्लामा थपिए कोरोनाका ३ हजार ८२५ संक्रमित

Get real time updates directly on you device, subscribe now.

२२ वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ३ हजार ८२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ८४९, ललितपुरमा ५१८ र भक्तपुरमा ४५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

बुधबार देशभरी ८ हजार ६५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५८ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै १ हजार ९९३ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ । संक्रमितमध्ये २ लाख ८९ हजार ७८३ अर्थात ८०.६ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ३ हजार ४७५ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.