Nepal's Trusted Health Online Portal

नेपालमा एकैदिन १३९ जना कोरोना संक्रमितको मृत्यु

Get real time updates directly on you device, subscribe now.

२७ वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १३९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण फैलिन सुरु भएयता नेपालमा यति ठूलो संख्यामा संक्रमितको ज्यान गएको पहिलो पटक हो ।

यसअघि आइतबार पनि ८८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ग्राफ दिनानुदिन बढ्दै गइरहेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ४ हजार ७ जना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म ४ लाख ३ हजार ७९४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ३ लाख ६ हजार ७९४ जना संक्रमणमुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.