२८ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।
गत २४ घण्टा यता देशभर २२५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो हाल सम्मकै उच्च हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ५९६ पीसीआर र ७२० एन्टिजेन परिक्षण गरिएकोमा ९ हजार ४८३ जनालाई कोरोना पोजिटिभ देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये ३ लाख १२ हजार १९ अर्थात ७५.५ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ४ हजार ८४ जनाको मृत्यु भइसकेकोे छ ।