Nepal's Trusted Health Online Portal

झनै बढ्यो मृत्युको ग्राफ, एकैदिन २२५ जना कोरोना संक्रमितको मृत्यु

Get real time updates directly on you device, subscribe now.

२८ वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २२५ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण फैलिन सुरु भएयता नेपालमा यति ठूलो संख्यामा संक्रमितको ज्यान गएको पहिलो पटक हो ।

यसअघि सोमबार १३९ जना र आइतबार ८८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ग्राफ दिनानुदिन बढ्दै नयाँ रेकर्ड कायम हुँदै गएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ५ हजार २२५ जना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म ४ लाख १३ हजार १११ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ३ लाख १२ हजार १९ अर्थात ७५.५ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.