Nepal's Trusted Health Online Portal

काठमाडौं उपत्यकामा थप ३,९२७ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

२८ वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ३ हजार ९२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ७८८, ललितपुरमा ६०२ र भक्तपुरमा ५३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

मंगलबार देशभरी ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २२५ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ५ हजार २२५ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ३ लाख १२ हजार १९ अर्थात ७५.५ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ४ हजार ८४ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.