६ जेठ, काठमाडौँ । गत २४ घण्टामा नेपालभर १९० जना कोरोना संक्रमितको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार ८४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ८ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ६ हजार ५४३ जना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म ४ लाख ८८ हजार ६४५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ३ लाख ६६ हजार ९४६ अर्थात ७५.१ प्रतिशत भने संक्रमणमुक्त भएका छन् ।