६ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २१ हजार ६९५ पीसीआर र ३९२ एन्टिजेन परिक्षण गरिएकोमा ८ हजार ३०५ जनालाई कोरोना पोजिटिभ देखिएको हो ।
गत २४ घण्टा यता देशभर १९० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये ३ लाख ६६ हजार ९४६ अर्थात ७५.१ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ५ हजार ८४७ जनाको मृत्यु भइसकेकोे छ ।