Nepal's Trusted Health Online Portal

उपत्यकामा बिहीबार थपिए ३ हजार २३२ कोरोनाका नयाँ संक्रमित

Get real time updates directly on you device, subscribe now.

६ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप ३ हजार २३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ६००, ललितपुरमा ४०३ र भक्तपुरमा २२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

बिहीबार देशभरी ८ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १९० जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ६ हजार ५४३ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ३ लाख ६६ हजार ९४६ अर्थात ७५.१ प्रतिशत संक्रमणमुक्त भएका छन् भने ५ हजार ८४७ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.