८ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १२९ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ । शनिबार यसअघिको भन्दा केही कम मृत्युदर देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ८ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ८ हजार ८४८ जना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म ५ लाख ५ हजार ६४३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ३ लाख ८३ हजार ६८४ अर्थात ७५.८ प्रतिशत भने संक्रमणमुक्त भएका छन् ।