Nepal's Trusted Health Online Portal

सोमबार ७ हजार ४२५ कोरोना संक्रमित थपिए, ७ हजार १३५ संक्रमण मुक्त भए

Get real time updates directly on you device, subscribe now.

१० जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ७ हजार ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितसँगै अब देशभर १ लाख १५ हजार ४४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अब नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १९ हजार ८४६ पीसीआर विधी र ६०७ एन्टिजेन परीक्षण गरिएकोमा ७ हजार ४२५ जनालाई कोरोना पोजिटिभ देखिएको हो ।

गत २४ घण्टाभित्र देशभर १८५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ५३१ पुगेकोे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये ३ लाख ९८ हजार ४८३ अर्थात ७६.६ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

हल देशभरी ९२४ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.