१५ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप ११६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार १६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार देशभरी ४ हजार ४८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ६ हजार ८० जना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म ५ लाख ५३ हजार ४२२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ४ लाख ३४ हजार ७५० अर्थात ७८.६ प्रतिशत भने संक्रमणमुक्त भएका छन् ।