Nepal's Trusted Health Online Portal

सरकारी अस्पतालमा पत्रकारहरुको निशुल्क उपचार हुने

Get real time updates directly on you device, subscribe now.

१५ जेठ, काठमाडौँ । सरकारले आगामी आर्थिक बर्षदेखि सरकारी अस्प्तालमा पत्रकारको निःशुल्क उपचार सेवा शुरु गर्ने बताएको छ ।

आर्थिक बर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले प्रेस काउन्सिल नेपालबाट उपलब्ध गराइने उपचार सुविधा परिचयपत्रका आधारमा पत्रकारहरुलाई निःशुल्क उपचार सेवा दिने बताएका छन् ।

त्यस्तै आगामी वर्षमा पत्रकारहरुको क्षमता अभिवृद्धीका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गरिने पनि पौडेलले बताए ।

सोहीअनुसार नेपाल पत्रकार महासंघको कार्यालय परिसर सञ्चारग्राममा प्रेस संग्रहालय निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.