Nepal's Trusted Health Online Portal

कोभिड खोपको पहल गरिदिन राष्ट्रपति भण्डारीले पठाइन् अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्र

Get real time updates directly on you device, subscribe now.

१५ जेठ, रासस । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखी कोरोना भाइरसविरूद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी छन् ।

राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत युवराज खतिवडाले डिसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिंगालाई हस्तान्तरण गरेका छन् ।

पत्र हस्तान्तरण गर्दै राजदूत खतिवडाले नेपालको पछिल्लो अवस्था र खोप योजनाका बारेमा विस्तृतमा जानकारी गराएका थिए ।

राजदूत खतिवडाले अमेरिकी सरकारसँग नेपालले अष्ट्राजेनिका खोप अधिकतम प्राप्त गर्ने अपेक्षा राखेको समेत मासिंगालाई बताएका थिए ।

अमेरिका र नेपालबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको स्मरण गर्दै उनले कोरोनाभाइरस विरुद्धको लडाइँमा पनि अमेरिकाको महत्वपूर्ण सहयोगको अपेक्षा नेपालले गरेको बताए ।

साथै उनले नेपाल सरकारले जोन्सन एन्ड जोन्सनको खोप जानसिन इन्फेक्सियस डिजिज एन्ड भ्याक्सिन्स फर्मास्यूटिकल्स कम्पनीसँग खरिद गर्ने योजनामा रहेको मासिंगालाई जानकारी गराए ।

राजदूत खतिवडासँगको भेटमा मासिंगाले अमेरिकी सरकारले खोपको प्रक्रियालाई तदारुकताका साथ अगाडि बढाउने बताए। भेटमा उनले नेपालमा कोरोना भाइरसले पारेका क्षतिका विषयमा गहिरो सहानुभूति राख्दै कोभ्याक्सअन्तर्गत खोप कोभ्याक्स र द्विपक्षीय सम्झौताअनुरूप नेपालले प्राप्त गर्ने अंश सम्भव भएसम्म छिटो उपलब्ध गराउने बताएका थिए ।

राष्ट्रपति भण्डारीले यसअघि भारतीय समकक्षी रामनाथ कोविन्दलाई भारतबाट नेपालमा खोप ल्याउन सहयोग गरिदिन पत्राचार गरेकी थिइन्। चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि राष्ट्रपति भण्डारीले टेलिफोनमा संवाद गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीसँगको कुराकानीपछि चिनियाँ राष्ट्रपति चिनफिङले नेपाललाई थप १० लाख डोज कोरोनाविरूद्धको खोप अनुदानमा दिने घोषणा गरेकी छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.