Nepal's Trusted Health Online Portal

कोरोनाको परीक्षण घट्यो, नयाँ ४ हजार ३६९ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा १२ हजार ७७० नमुना परीक्षण

Get real time updates directly on you device, subscribe now.

१६ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ४ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपालमा शनिबार देखि कोरोना परीक्षण दर घटेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ७७० जनाको पीसीआर र एन्टिजेन विधीबाट परीक्षण भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ९८६ पीसीआर विधी र १ हजार ७८४ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ३६९ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख ४० हजार ९५५ अर्थात ७९.२ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

अब देशभर १ लाख ८ हजार ८९७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समीर कुमार अधिकारीले जानकारी दिए ।

गत २४ घण्टाभित्र देशभर १०९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार २७२ पुगेकोे छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.