१६ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १०९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार २७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार देशभरी ४ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ६ हजार २०५ जना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख ४० हजार ९५५ अर्थात ७९.२ प्रतिशत भने संक्रमणमुक्त भएका छन् ।