Nepal's Trusted Health Online Portal

थपिए ६ हजार ८५ जना कोरोनाका संक्रमित, १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित

Get real time updates directly on you device, subscribe now.

१८ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार १४७ आरटी पीसीआर विधी र ३ हजार १८ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ८५ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख ५४ हजार ३४४ अर्थात ८०.२ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

अब देशभर १ लाख ४ हजार ७८९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टाभित्र देशभर ६८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ४५४ पुगेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.