१८ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अन्य दिनको तुलनामा मंगलबार मृतकको संख्या घटेको हो ।
नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ४५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार देशभरी ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ६ हजार ८९८ जना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख ५४ हजार ३४४ अर्थात ८०.२ प्रतिशत भने संक्रमणमुक्त भएका छन् ।