१८ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १ हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ६०, ललितपुरमा २८३ र भक्तपुरमा २१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
मंगलबार देशभरी ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टाभित्र देशभर ६८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।