Nepal's Trusted Health Online Portal

विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन

Get real time updates directly on you device, subscribe now.

१८ जेठ, काठमाडौँ । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ । उनको मंगलबार भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

थापालाई कोरोना संक्रमण भएपछि धापासीको ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो । कोरोना संक्रमणका कारण स्वास्थ्य गम्भिर बनेपछि उनको इक्मो प्रविधीबाट उपचारका लागि जेठ १४ गते मेडिसिटी अस्पताल रिफर गरिएको थियो ।

चिकित्सकका अनुसार जेठ १७ उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको भएपनि शरीरका अगंहरुले प्रभावकारी रुपमा काम गर्न नसकेको तथा जटिल संक्रमणको प्रभाव रहेको कारण स्वास्थ्यमा कुनै सुधार भएन ।

मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा थापाको निधन भएको अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

थापा विवेकशील नेपाली दलका संस्थापक तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक हुन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.