Nepal's Trusted Health Online Portal

उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थप, खाद्यपसल र डिपार्टमेन्ट स्टोर पूर्ववत रुपमा खुल्ने

विकास निर्माणका काम पनि सुचारु हुने

Get real time updates directly on you device, subscribe now.

१९ जेठ, काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप गरी जेठ ३१ गते सम्म लम्ब्याइएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जेठ ३१ ग्ते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञामा खाद्य पसल र डिपार्टमेन्ट स्टोर भने बिहान ९ बजे सम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।

यसअघि जारी निषेधाज्ञालाई कडाई गर्दै जेठ १४ गते देखि खाद्य पसल र डिपार्टमेन्ट स्टोर पनि खोल्न दिइएको थिएन ।

यसपटक थपिएको निषेधाज्ञामा पुस्तक पसललाई पनि बिहान ९ बजे सम्म खोल्न दिइनेछ भने विकास निर्माणको कामलाई पनि सुचारु गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

निर्माण सामाग्री ढुवानीका लागि भने रातीको समय छुट्टयाइएको छ ।

कोरोना भाइरसको दोस्रो लहर तिब्र रुपमा फैलिन थालेपछि उपत्यकाका ३ जिल्लामा वैशाख १६ गते देखी निषेधाज्ञा जारी छ ।

मिति_२०७८_०२_१९_गते_जारी_निषेधाज्ञा

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.