१९ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ५ हजार ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ८०५ आरटी पीसीआर विधी र ३ हजार ७३ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ३१६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख ६१ हजार ५६३ अर्थात ८०.८ प्रतिशत संक्रमणमुक्त भएका छन् ।
अब देशभर १ लाख १ हजार ९९३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टाभित्र देशभर १०१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ५५५ पुगेकोे छ ।