२९ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ५९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
शनिबार देशभरी ३ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६ हजार २९५ जना संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टाभित्र देशभर ६१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।