Nepal's Trusted Health Online Portal

शुक्रबार २ हजार ७६८ कोरोना संक्रमित थपिँदा ४ हजार २० निको भए

Get real time updates directly on you device, subscribe now.

४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ७६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ७ हजार ५६९ आरटी पीसीआर विधी र ५ हजार ४६८ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ७६८ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणको केस ६ लाख ४२ हजार ८०८ पुगेको छ । जसमध्ये ३९.०९ प्रतिशत महिला र ६०.९१ प्रतिशत पुरुष रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार २० जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४९ हजार ६८२ पुगेको छ । संक्रमितमध्ये ८९ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।

गत २४ घण्टाभित्र देशभर ४४ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ६४१ पुगेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.