३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ७ हजार ७११ आरटी पीसीआर विधी र ४ हजार ७७३ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ६०७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणको केस ६ लाख ४० हजार ४० पुगेको छ । जसमध्ये ३९.१२ प्रतिशत महिला र ६०.८८ प्रतिशत पुरुष रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार १४१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ । संक्रमितमध्ये ८८.६ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।
गत २४ घण्टाभित्र देशभर ३९ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । अन्य दिनको तुलनामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा कमी आएको छ ।
नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ५९७ पुगेकोे छ ।