Nepal's Trusted Health Online Portal

पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमितको मृत्यु

Get real time updates directly on you device, subscribe now.

४ असार, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ४४ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ८ हजार ६४१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी २ हजार ७६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ४ हजार २० जना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ५ लाख ४९ हजार ६८२ अर्थात ८९ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.