Nepal's Trusted Health Online Portal

बुधबार उपत्यकाका ५४३ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

२३ असार, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ५४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ३९०, ललितपुरमा ८६ र भक्तपुरमा ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

बुधबार देशभरी २ हजार ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ हजार ३३३ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टाभित्र देशभर २८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.