३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोली विभिन्न खोप केन्द्रहरुको अनुगमन गर्ने भएका छन् ।
भोलीबाट सञ्चालन हुने अमेरिकाले प्रदान गरेको जोन्सन एण्ड जोन्सन खोप अभियानका क्रममा प्रधानमन्त्री देउवाले भोली १० बजे देखि विभिन्न अस्पतालका खोपकेन्द्रहरुको स्थलगत अनुगमन गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देउवाले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध, पाटन अस्पताल लगनखेल लगायतका अस्पतालहरुमा सञ्चालित खोप कार्यक्रमको निरीक्षण गर्नेछन् ।
सरकारले एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ बर्ष उमेर समुह, अपाङ्गता भएका व्यक्तिहरु, नेपालमा बसोेबास गरिरहेका शरनार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीहरुलाई प्रदान गर्दैछ ।