Nepal's Trusted Health Online Portal

आइतबार थपिए १ हजार ८०१ कोरोना संक्रमित, १ हजार ६६७ निको भए

Get real time updates directly on you device, subscribe now.

३ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख १५ हजार ९१५ पुगेको छ ।

गत २४ घण्टामा ६ हजार ६२८ आरटी पीसीआर विधी र ३ हजार एन्टिजेन गरी जम्मा ९ हजार ६२८ नमुना परीक्षण गरिएकोमा १ हजार ८०१ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका संक्रमितहरुमध्ये ३९.५४ प्रतिशत महिला र ६०.४६ प्रतिशत पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ५५० पुगेकोे छ ।

त्यस्तै १ हजार ६६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ६ लाख ३२ हजार ७४ छ । संक्रमितमध्ये ९४.७ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.