४ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४५ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख १८ हजार ३६० पुगेको छ ।
गत २४ घण्टामा ७ हजार ८३३ आरटी पीसीआर विधी र ३ हजार ८३१ एन्टिजेन गरी जम्मा ११ हजार ६६४ नमुना परीक्षण गरिएकोमा २ हजार ४४५ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका संक्रमितहरुमध्ये ३९.५५ प्रतिशत महिला र ६०.४५ प्रतिशत पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ३२ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ५८२ पुगेकोे छ ।
त्यस्तै १ हजार २५८ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ६ लाख ३३ हजार ३३२ छ । संक्रमितमध्ये ९४.७ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।