Nepal's Trusted Health Online Portal

प्रधानमन्त्री देउवा र मोदीबीच टेलिफोन वार्ता, चाँडै खोप उपलब्ध गराउने मोदीको वचन

Get real time updates directly on you device, subscribe now.

४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ ।

टेलिफोन कुराकानीको क्रममा नेपाललाई छिट्टै कोभिडविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् । मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार भारतीय समकक्षीसँग टेलिफोनमा कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्टका अनुसार भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना खोपको आपूर्ति गर्ने वचन दिएका छन् ।

त्यस्तै दुई नेताबीच कोरोना महामारीविरुद्ध संयुक्त रुपमा लड्ने विषयमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयले ट्विट गरेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.