१९ साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ९२२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये १ हजार ९९४ जना भने संक्रमणमुक्त भएका छन् ।
मंगलबार देशभरी ३ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
नेपालमा हालसम्म संक्रमितमध्ये ६ लाख ६० हजार ११६ अर्थात ९४ प्रतिशत संक्रमणमुक्त भएका छन् ।