१९ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३८३ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ८ लाख ६५ हजार ८१५ पुगेको छ ।
गत २४ घण्टामा १० हजार ६३८ आरटी पीसीआर विधी र ६ हजार ८० एन्टिजेन गरी जम्मा १६ हजार ७१८ नमुना परीक्षण गरिएकोमा ३ हजार ३८३ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका संक्रमितहरुमध्ये ३९.८९ प्रतिशत महिला र ६०.११ प्रतिशत पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २४ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ९२२ पुगेकोे छ ।
त्यस्तै १ हजार ९९४ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ६ लाख ६० हजार ११६ छ । संक्रमितमध्ये ९४ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।