१२ भदौ, काठमाडौं । नेपालमा गत २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या १० हजार ६९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये २ हजार २२२ जना भने संक्रमणमुक्त भएका छन् ।
शनिबार देशभरी १ हजार ८५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
नेपालमा हालसम्म संक्रमितमध्ये ७ लाख १० हजार ४५२ अर्थात ९३.७ प्रतिशत संक्रमणमुक्त भएका छन् ।