१२ भदौ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ५४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ३७०, ललितपुरमा ११२ र भक्तपुरमा ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
हाल उपत्यकाभित्र काठमाडौंमा ५ हजार ५८३, ललितपुरमा २ हजार २५५ र भक्तपुरमा १ हजार ४४० जना गरी जम्मा ९ हजार २७८ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
शनिबार देशभरी १ हजार ८५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ हजार २२२ जना संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टाभित्र देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।