पौष २७, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ३३ हजार ८९४ पुगेको छ ।
गत २४ घण्टामा १० हजार ६४८ आरटी पीसीआर विधी र ४ हजार ३८५ एन्टिजेन गरी जम्मा १५ हजार ३३ नमुना परीक्षण गरिएकोमा २ हजार ४४४ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६०७ पुगेकोे छ ।
त्यस्तै मंगलबार ३१३ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ८ लाख १४ हजार ७९८ छ । संक्रमितमध्ये ९७.५ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । हाल देशभर ९ हजार ५२२ जना सक्रिय संक्रमित छन् ।