२७ पौष, ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न अनुरोध गरेको छ ।
कोभिड–१९ को संक्रमण बढ्दै गएपछि ललितपुर प्रशासनले घर बाहिर निस्किदा अनिवार्य मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, साबुन पानीले हात धुन तथा स्यानिटाइजरको प्रयोग गर्न भनेको हो ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार एक आदेश जारी गर्दै राजनीतिक, आर्थिक, सामाजिक व्यवसायिक लगायतका अन्य गतिविधी गर्दा मास्क लगायत अन्य स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा अवलम्बन गर्न निर्देशन दिएको छ ।
सार्वजनिक स्थलमा राजनीतिक तथा धेरै मानिस भेला हुने कुनै पनि कार्यक्रम नगर्न समेत प्रशासनले आदेश दिएको छ ।
त्यस्तै जिल्ला भित्र यही माघ ७ गतेबाट सार्वजनिक सेवा लिनका लागि अनिवार्य रुपमा खोप कार्ड देखाउनुपर्ने भनिएको छ । खोपकार्डको मोबाइलमा फोटो भएपनि हुने प्रशासनले जनाएको छ ।


