७ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा १८ हजार ६१८ आरटी पीसीआर विधी र ४ हजार ४७४ एन्टिजेन गरी जम्मा २३ हजार ९२ नमुना परीक्षण गरिएकोमा १० हजार ७०३ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस १० लाख ३ हजार ३८ पुगेको छ । संक्रमितमध्ये ८ लाख १९ हजार ५७५ केस संक्रमणमुक्त भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६३५ पुगेकोे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७६६ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमितमध्ये ९१.४ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । शुक्रबार देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ जना पुगेको छ ।