Nepal's Trusted Health Online Portal

उपत्यकामा थप ५,२९९ जनालाई कोरोना, सक्रिय संक्रमित ४२ हजार

Get real time updates directly on you device, subscribe now.

७ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ५ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ४२ हजार ५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ हजार १, ललितपुरमा १ हजार १३० र भक्तपुरमा ८५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

शुक्रबारसम्म उपत्यकामा सक्रिय संक्रमितको संख्या काठमाडौंमा ३० हजार ६८८, ललितपुरमा ७ हजार १४५ र भक्तपुरमा ४ हजार २२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरी १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ७६६ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ८ लाख १९ हजार ५७५ अर्थात ९१.४ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ६३५ जनाको मृत्यु भइसकेकोे छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.