Nepal's Trusted Health Online Portal

कोरोना भाइरसः उपत्यकामा आजबाट जोरबिजोर लागु, अत्यावश्यक सेवाका सवारीमा लागु नहुने

Get real time updates directly on you device, subscribe now.

८ माघ, काठमाडौं । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि भिडभाड कम गर्न भन्दै काठमाडौं उपत्यकामा चल्ने सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागु गरिएको छ ।

यसअघि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले शुक्रबार मध्यरातदेखि सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।

प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गरेको निर्णयानुसार तीनै जिल्ला प्रशासन कार्यालयहरुले जोरबिजोर प्रणालीअनुरुप सवारी सञ्चालन गर्न आदेश जारी गरेका थिए ।

आदेशानुसार अत्यावश्यक सेवा अन्तर्गतका सवारी साधनहरुमा भने जोर बिजोर प्रणाली लागु हुने छैन । तीन जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको आदेशमा औषधि र स्वास्थ्य सामग्री बोकेका साधन, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास तथा पेट्रोल बोकेका साधनमा जोरबिजोर लागू हुने छैन ।

त्यस्तै खाद्यान्न, दूध, फलफूल, तरकारी, पानी, अन्डा, माछामासु, पशुपन्क्षी र दाना बोक्ने गाडीमा जोर–बिजोर लागू हुने छैन ।

चिकित्सक, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सार्वजनिक संस्थानका कर्मचारी, बैङ्क तथा वित्तीय संस्था, हवाई सेवा, डाँक तथा कुरियर, दूरसञ्चार सेवा प्रदायक, सूचना तथा प्रसारण विभागको परिचयपत्रका आधारमा संचारकर्मी पत्रकारको हकमा पनि जोर–बिजोर लागू हुने छैन ।

जोर बिजोर लागु नहुने सवारीका सूचीः

  • औषधि र स्वास्थ्य सामग्री बोकेका साधन, एम्बुलेन्स, दमकल र शववाहन
  • ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका साधन
  • खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अन्डा, माछामासु, पशुपन्क्षीका दाना एवं कृषि तथा पशुजन्य सामाग्रीहरु बोक्ने सवारी साधन (चालक र सहचालक मात्र)
  • निर्माण सामाग्री बोक्ने सवारी साधन
  • परिचयपत्रका आधारमा सरकारी कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधन
  • परिचयपत्रका अधारमा बैङ्क, बीमा तथा वित्तीय संस्था, वायुसेवा कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधन
  • सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास÷पत्रकार परिचयपत्र रहेका संचारकर्मीले प्रयोग गरेका सवारी साधन
    सरकारी सवारी साधन
  • कुटनैतिक नियोगका सवारी साधन

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.