Nepal's Trusted Health Online Portal

शनिबार थप १०,२५४ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

८ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा १४ हजार ४६२ आरटी पीसीआर विधी र ५ हजार ७२५ एन्टिजेन गरी जम्मा २० हजार १८७ नमुना परीक्षण गरिएकोमा १० हजार २५४ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस १० लाख १३ हजार २९२ पुगेको छ । संक्रमितमध्ये ८ लाख २० हजार २८३ केस संक्रमणमुक्त भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ओमिक्रोन भेरियन्ट सुरु भएयता यति धेरै संख्यामा मृत्यु भएको यो पहिलो हो । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६५१ पुगेकोे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७०८ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमितमध्ये ९०.७ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । शनिबार देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ जना पुगेको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.