Nepal's Trusted Health Online Portal

एकैदिन १६ कोरोना संक्रमितको मृत्यु

Get real time updates directly on you device, subscribe now.

८ माघ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ओमिक्रोन भेरियन्ट सुरु भएयता यति धेरै संख्यामा मृत्यु भएको यो पहिलो हो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ । संक्रमितमध्ये १.४ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ७०८ जना भने संक्रमणमुक्त भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.