८ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ५ हजार ३०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ४७ हजार २४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ७६२, ललितपुरमा १ हजार ११० र भक्तपुरमा ४३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
शनिबारसम्म उपत्यकामा सक्रिय संक्रमितको संख्या काठमाडौंमा ३४ हजार १५९, ललितपुरमा ८ हजार २२० र भक्तपुरमा ४ हजार ६४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरी १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १६ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ७०८ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये ८ लाख २० हजार २८३ अर्थात ९०.७ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ६५१ जनाको मृत्यु भइसकेकोे छ ।