९ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा १३ हजार ३७७ आरटी पीसीआर विधी र ४ हजार ६० एन्टिजेन गरी जम्मा १७ हजार ४३७ नमुना परीक्षण गरिएकोमा ६ हजार ४६२ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस १० लाख १९ हजार ७५४ पुगेको छ । संक्रमितमध्ये ८ लाख २१ हजार ६९९ केस संक्रमणमुक्त भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६५५ पुगेकोे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४१६ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमितमध्ये ९०.३ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । आइतबार देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० जना पुगेको छ ।